एउटा ईन्जिन फेल भएको समिट एयरको जहाज सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको छ। काठमाडौंबाट बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्लाका लागि उडेको थियो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

उक्त विमानलाई अवतरण गराउने क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेका छन् ।

Back to top button