नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु

काठमाडौं । जेठ २२ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न सार्वजनिक सूचनामार्फत खुला आह्वान गरेको छ ।

गत साता बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने मिति तय गरेको थियो ।

राखेपले वैशाख ११ गतेभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत र नारा पेस गर्न सार्वजनिक आह्वान गरेको हो । लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिविम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रत्येक दुई वर्षमा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आठौँ संस्करणपछि कोरोनाको महामारीका कारण हुन सकिरहेको थिएन । आठौं संस्करण २०७५/०७६ मा नेपालगञ्जमा सम्पन्न भएको थियो ।

Back to top button