
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ । उहाँले आफुमाथिको कारबाही बदर गर्दै काममा फर्किन मागसहित सर्वोच्च अदालतमा निवेदन पेश गर्नुभएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले गर्भनर अधिकारीको रिट निवेदन पेस भएको भएको र सर्वोच्च अदालत अध्ययनकै क्रममा रहेको प्रतिकृया दिनुभएको छ ।
आफू निकटका कानुन व्यवयासीहरुसँगको परामर्शपछि गभर्नर अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुग्नुभएको हो । गत चैत २५ गने सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
आफूले भनेबमोजिम काम नगरेपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीमाथि छानविन गर्न समिति गठन गर्नुभएको थियो । गभर्नरविरुद्ध छानविन समिति गठन भएपछि स्वतः निलम्बित हुने नेपाल राष्ट« बैंक ऐनमा उल्लेख छ।
गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णयसँग अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भएको छ भने सत्ता गठबन्धनकै अधिकांश नेताहरुले समेत सरकारको यो कदमको कडा विरोध जनाउँदै आएका छन् ।