वातावरण बन्नासाथ राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुन्छ : लिङ्देन

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उपयुक्त वातावरण बन्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले त्यो वातावरण बनाउने काममा राप्रपा लागिपरेको र मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने बताउनुभएको हो ।

राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने उहाँले बताउनुभयो । स्थानीय तहको चुनावका सन्दर्भमा उहाँले कसैसँग गठबन्धन नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ राप्रपा आफ्नै बलबुतामा चुनाव लड्छ, र राम्रो परिणाम ल्याउँछ ।’

Back to top button