
काठमाडौं । स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तय भएको पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।
एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ। त्यसकै तयारीका लागि बैठक बोलाइएको उहाँले बताउनुभयो ।
केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ।