एमाले अध्यक्ष अ‍ोली आज सोलुखुम्बु आउँदै

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोलुखुम्बु आउँदै हुनुहुन्छ । नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लाग्नुभएको हो ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न जिल्लामा सम्बोधन गर्दै हिड्नुभएका ओलीले हिजोमात्रै कर्णालीको हिमाली जिल्ला हुम्लामा पुगेर बृहत जनसभालाई सम्बोधन गर्नुभएको थियो ।

आज सोलुखुम्बुको बृहत् जनसभालाई सम्बोधन गर्ने अध्यक्ष अ‍ोलीले कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा एमाले रोज्ने कांग्रेसका सयौं नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुहुने कार्यक्रम रहेको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बाँस्तोलाले बताउनुभएको छ ।

Back to top button