भारतका चर्चित गायक प्रफुल्लको निधन

काठमाडौं । भारतका चर्चित गायक तथा संगीत निर्देशक प्रफुल्ल कारको निधन भएको छ । उहाँको हिजो ८३ वर्षको उमेरमा निधन भएको हो ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले स्वर्गीय प्रफुल्ल कारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गर्नुभएको छ ।

पटनायकले प्रफुल्लकरलाई श्रद्धाञ्जली दिन राज्य सरकारका दुई मन्त्रीहरू अन्तिम संस्कारमा उपस्थित हुनसमेत निर्देशन दिनुभएको छ । उहाँको निधनमा भारतीय नेता तथा कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कला क्षेत्रमा ठूलो योगदान पुर्‍याएको भन्दै प्रफुल्ल धेरैपटक सम्मानित हुनुभएको थियो। उहाँलाई सन् २००४ मा जयदेव पुरस्कार र २०१५ मा पद्मश्री प्रदान गरिएको थियो ।

फेब्रुअरी १६, १९३९ मा पुरीमा जन्मिनुभएका प्रफुल्ल एक प्रतिष्ठित संगीतकार, गायक, गीतकार, लेखक तथा स्तम्भकार हुनुहुन्थ्यो ।

Back to top button