त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या रहेको गुनासो आएपछि उहाँले आज अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो ।

उहाँले तत्काल सुधारको काम थाल्न निर्देशन दिँदै सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । बैठकमा मन्त्रालयका तर्फबाट गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।

गृहमन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार गृहमन्त्रीले समस्याको बिषयमा जानकारी लिँदै सुधारका लागि दिर्नेशन दिनुभएको हो ।

Back to top button