
काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट भागबण्डाकालागि छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
बैठक आजै पुनः बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।
यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । यसअघि हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।