अर्थमन्त्री फेर्ने कुरा छैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उहाँले अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल पनि नभएको र चर्चा पनि नभएको बताउनुभएको हो ।

हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेर निलम्बित गरेपछि अर्थमन्त्री शर्माको सर्वत्र आलोचना भइरहेको छ ।

Back to top button