आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ । हिजो त्यहाँ आएको भीषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।

त्यहाँका प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने हिजो थप छ जनाको ज्यान गएको थियो ।

त्यहाँ चट्याङबाट मात्र अरू दर्जनौँ नागरिक घाइते भएको पनि अधिकारीहरूले जनाएका छन् ।

शुक्रबारदेखि हिजोसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौं हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।

Back to top button