मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । विराटनगर–९ बाट पार्किङ गरिराखेको को २० प ५०१० नम्बरको मोटरसाइकल बैशाख ३ गते साँझ ६ बजे चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरु हिजो पक्राउ परेका हुन् ।

उनीहरुसँगै चोरी भएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै विरुद्ध मोरङ जिल्ला अदालतबाट चारदिनको म्याद थप गरि चोरी कसुरमा अनुसन्धान भईरहेको छ ।

Back to top button