
पोखरा । नेपाली कांग्रेस कास्कीले गठबन्धनमा सहभागी दल नेकपा एकीकृत समाजवादीले अस्वाभाविक दाबी गरेकाले चुनावी तालमेल हुन नसक्ने जनाएको छ। आज विज्ञप्ति निकालेर कास्की कांग्रेसले यस्तो निर्णय गरेको हो ।
कास्की कांग्रेसका सचिवद्धय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर अब एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरेको जनाएको छ।
केन्द्रमा र जिल्लामा सत्तागठबन्धनबीच भागबण्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसका सचिवले भने पोखरामा मेयर छाड्न नसकिने विज्ञप्ति निकाल्नुभएको हो ।
कास्कीमा एकीकृत समाजवादीले मेयरको दाबी गरेको छ भने गठबन्धनको मुख्य दल कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको मेयरमा समाजवादीलाई दिने संकेत गर्नुभएको छ ।