४६ जिल्लाका लागि मतपत्र छपाईको काम सकियो

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ ।

निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकिएको जनाएको छ ।

आजको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ करोड ९४ लाख थान मतपत्र मध्ये आजसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइको काम सकिएको बताउनुभएको हो ।

Back to top button