करिब ६ लाख मूल्य बराबरको कपडा बरामद

विराटनगर । विराटनगरका विभिन्न स्थानबाट प्रहरीले करिब ६ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।

अबैध रुपमा भन्सार छली गरेर भारत बाट नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न किसिमका कपडाहरू विराटनगरका ६, ११ र १२ नम्बर वडाबाट प्रहरीले बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी ५ लाख ७६ हजार ६ सय मूल्यको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद गरिएका कपडा आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

Back to top button