भागबण्डा मिलाउन बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । आज विहान साढे ११ बजेलाई बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सरेको छ । बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

Back to top button