लोसपा त्याग्दै मेयरका उमेदवार एमाले प्रवेश

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गर्नुभएको छ । जनकपुरधाम– नं ७ का वड़ा अध्यक्षसमेत रहनुभएका जानकिराम साह आज नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको हो ।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराउनुभएको हो । मेयरका प्रत्यासी रहेका साहले ओलिसङ्गको भेटमा जानकी मन्दिर अंकित फोटो समेत प्रदान गर्नुभएको छ ।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा अधिकांश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन्।

मधेश आन्दोलनमा सकृय भुमिका निर्वाह गर्नुभएका सरोज मिश्र, सुशील कर्ण, जानी खान मधेशी, शिव शंकर साह हिरासहितका दर्जनौं युवा मधेशवादी शक्ति छाडेर एमालेमा प्रवेश गर्नुभएको छ ।

Back to top button