विराटनगरमा कृत्रिम हात प्रतिस्थापन शिविर हुने

विराटनगर । आजदेखी विराटनगरमा तीन दिने कृत्रिम हात प्रतिस्थापन शिविर (प्रोस्थेटिक ह्याण्ड क्याम्प) सञ्चालन हुने भएको छ ।

रोटरी क्लब अफ विराटनगरको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल तथा करूणा फाउन्डेसन नेपाल तथा जर्मन द ह्याण्ड प्रोजेक्टमा उक्त शिविरको सञ्चालन आजदेखी विराटनगर स्थित न्यूरो अस्पतालमा हुन लागेको हो ।

रोटरी क्लब अफ विराटनगरको भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लबका सचिव मनोज विक्रम शाहले ३ दिन आयोजना हुने शिविरमा ७१ जना व्यक्ति लाई विभिन्न कार्य गर्न सजिलो हुने गरि २ थान कृत्रिम हातको व्यवस्था गरिदिन लागेको बताउनु भयो ।

७१ जनामा ५८ जना पुरूष तथा १३ जना महिला लाई उक्त सुविधा दिईने रोटरी क्लबको तयारी रहेको छ । सुविधा लिने व्यक्तीहरू ६ देखी ६५ बर्ष सम्म को उमेर समूहको रहेको छन् ।

कार्यक्रममा बोल्दै शाहले ७१ जना मध्य ६१ जना लाई नाडी देखी तलको भाग भएको कृत्रिम हात तथा बाँकी १० जना लाई नाडी देखी माथि सम्मकै लागि हुने गरि कृत्रिम हातको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

जर्मन सहर्कायको द ह्याण्ड प्रोजेक्टको तर्फ बाट बोल्दै कृत्रिम हात जडान सेवाका विशेषज्ञ क्रिसले एक पल्ट जडान गरिएको कृत्रिम हात करिब ५ बर्ष सम्म टिक्ने जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष कबिन श्रेष्ठले आफूहरूले करिब ६ महिना देखी कोशिस गरिरहेको अभियान सफल हुन गईरहँदा आफूहरू लाई असाध्य खुसी भईरहेको बताउनु भयो ।

क्लवका मेन्टर बासुदेव गोल्यानले क्लवले हाल विराटनगरमा शिविर गरिरहेको भएपनि नेपालको जुनसुकै कुनाबाट पनि सहयोगको लागि आग्रह आए सहयोग गर्न रोटरी क्लव तयार रहेको बताउनुभयो ।

Back to top button