गठबन्धन तोड्ने प्रयास भइरहेको छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

उहाँले एक्लै बहुमतको सरकार नआउने भन्दै उहाँले कसै न कसैसँग मिल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गठबन्धनमा गीभ एण्ड टेक हुन्छ नै, गठबन्धन नगर्नुको विकल्प पनि छैन ।’

तर अहिले गठबन्धन तोड्ने षड्यन्त्र भइहरेको भन्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनलाई जोगाउनुपर्ने भन्दै त्यसका लागि एकबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गठबन्धनका अन्य दलले काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेको उल्लेख गर्दै उहाँले त्यसरी आउँदा गठबन्धन गर्दा आफूले के गल्ती गरेँ भन्दै प्रश्न समेत गर्नुभयो ।

यस्तै उहाँले आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब नयाँ पुस्ताको पालो आएको भन्दै मार्ग प्रशस्त गर्ने आश्वासन समेत दिनुभयो ।

Back to top button