बुढीगंगाको प्रमुखका लागि माओवादी केन्द्रका चारजनाको नाम सिफारिस

विराटनगर । स्थानिय तहको निर्वाचनका लागि बुढीगंगा गाउँपालिकाको प्रमुखमा मा नेकपा माओवादी केन्द्रबाट चार जनाको नाम सिफारिस भएको छ ।

गाउँपालिका पार्टी कमिटीको बैठकले अध्यक्ष पदका लागि पार्टीका प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गाउँपालिकाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरेन्द्र प्रसाद ढकाल र माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यको नाम सिफारिस गरेको हो ।

उपाध्यक्षमा तीन जनाको नाम सिफारिस भएको छ । उपाध्यक्षमा सुनिता कुमारी चौधरी, सावित्रा अधिकारी र अमृता माझीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिनुभएको छ ।

गाउँपालिको दुई वटा वडामा वडाअध्यक्षको लागि पार्टीले सर्वसम्मत निर्णाय गरि नाम सिफारिस गरि जिल्ला पार्टीमा पठाएको छ । बुढीगंगा १ को वडाअध्यक्षमा कपिल सुनार र तिलक बहादुर बस्नेतको नाम सिफारिस गरेको छ ।

यस्तै २ मा सखिचन्द्र ऋषिदेव र धमेन्द्र ऋषिदेवको नाम सिफारिस भएको छ । ३ मा रोहित दाहाल, राजेश राजवंशी, सुमृत खवासको नाम सिफारिस भएको छ । वडा ४ र ५ को वडा अध्यक्षको लागि क्रमश:  मो. हस्मोदिन र देवेन्द्र प्रसाद दाहालको नाम सर्वसम्मत सिफारिस भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँका अनुसार ६ को वडाअध्यक्षमा अमरजन माझी र योगेन्द्र प्रसाद पौडेल र वडा ७ मा लेखराज कट्टेल र अनोद माझीको नाम सिफारिस भएको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू र सदस्यहरूको नाम सिफारिस भएपछि पार्टीले घरदैलो अभियान चलाइरहेको छ ।

Back to top button