स्थानीय तह निर्वाचन: एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु पर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

Back to top button