गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाद्वारा राजीनामा

झापा । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले पदबाट राजीनामा दिनुभएको छ ।

हिजो उहाँले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पदबाट लिखित राजीनामा दिनुभएको हो ।

राजिनामा पत्रमा उहाँले झापा जिल्लाको गौरीगंज गाउपालिकामा २०७२ सालको संविधान अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक गए पश्चात सो व्यवस्थाको कार्यन्वयन गर्नका लागि मुलकमा २०७४ साल असार १४ गते प्रथम स्थानीय तहको निर्वानमा सोही सालको असार २३ गतेको अन्तिम परिणाम पश्चात निर्वाचन आयोग समक्ष मिति २०७४–०३–२६ गते सफतग्रहण गरी यस पालिकाको उपाध्यक्ष पदमा रही हालसम्म निरन्तर कार्य गर्दै आएकोमा हाल आएर २०७९ साल वैशाख ३० गते नेपाल सरकारले निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचनको मिति समेत तोकेको कारणले गर्दा २०७८ चैत्र ३० गते देखि कार्यलयमा उपस्थित नहने गरी यो राजिनामा सम्मानित अध्यक्ष समक्ष पेश गर्दछु भनी उल्लेख गर्नुभएको छ ।

Back to top button