अपमान सह्य छैन : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरु भित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गरेमा सह्य नहुने बताउनुभएको हो ।

स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर जिल्ला–जिल्लामा हुने गरेका टिकाटिप्पणीहरुको रिपोर्टको आधारमा उहाँले आक्रोश व्यक्त गर्नुभएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको भएकाले कुनै पनि खालको अपमान सहन नसकिने जानकारी दिनुभयो।

नेकपा (एकीकृत समाजवादी)सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा गर्ने उक्त कार्यक्रममा उहाँले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेरेको बताउँदै कार्यकर्तालाई आश्वस्त पार्नुभएको छ । अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

Back to top button