हावाहुरीको कारण घाइते भएकी महिलाको मृत्यु

महोत्तरी । महोत्तरीमा हावाहुरीको कारण एक महिलाको मृत्यु भएको छ। गएराति आएको हावाहुरीसँगै जस्तापाताले लागेर घाइते भएकी महिलाको मृत्यु भएको हो।

जलेश्वर नगरपालिका–८ रतवारा निवासी ४५ वर्षीया कुशनदेवी मुखियाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।

राति हावाहुरी चलेपछि गोठमा भैसी बाँध्ने क्रममा घरको छाप्रो माथिबाट जस्ता झरेर उनको निधारमा गहिरो चोट लागेको थियो। चोट लागेर घाइते भएकी उनलाई उपचारको लागि जलेश्वर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।

Back to top button