इलामका चार पालिकामा एमालेका उम्मेदवार सर्वसहमत चयन

इलाम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलामको चार पालिकामा नेकपा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेका छन् ।

देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस हुनुभएको छ । उहाँहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस हुनुभएको हो ।

सूर्योदय नगरपालिका प्रमुखमा हाल प्रदेशसभा सदस्य समेत रहेका काजीमान कागते र उपप्रमुखमा वर्तमान उपप्रमुख दुर्गादेवी भट्टराई सिफारिस हुनुभएको छ ।

Back to top button