गनवीर बुढा मगरको ‘लाली गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गनवीर बुढा मगरको शब्द, संगीत तथा एकल स्वर रहेको ‘लाली गुराँस’ बोलको गीत सार्वजनिक भएको छ। शिव बराइलीको निर्माणमा बनेको भिडियो सहितको गीत गनवीरकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

शृंगारिक भावमा लेखिएको गीतको भिडियो निर्देशन विकल रानापहेली र राम अविरल बिष्टले संयुक्त रूपमा हुनुहुन्छ । जसमा गायक स्वयम् र अकस्टिक गिटारिस्ट पुरन दियाली देखिनुभएको छ । जसको छायांकन तथा सम्पादन राज मल्लले गर्नुभएको हो ।

गनवीर भ्वाइस अफ नेपालको तेस्रो संस्करणका प्रतियोगी पनि हो। उक्त प्रतियोगितामा उहाँ नकआउट राउण्डसम्म पुग्नुभएको थियो।

Back to top button