समृद्ध नेपाल बनाउने अभिभारा अब युवाको काँधमा : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउने अभियानमा लाग्न सबै युवालाई आग्रह गर्नुभएको छ ।

ललितपुरको गोदावारीस्थित सूर्योदय सभाहलमा आयोजित ‘युवासँगग म’ नामक विशेष अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा अब युवाको काँधमा आएको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘युवाका मनोभावना, आकांक्षा बुझी हामीले चाहेको नेपाल समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा कसरी साकार पार्ने अन्तरक्रिया गर्ने छौ ।’

अध्यक्ष ओलीले युवाले राखेका जिज्ञासा, अपेक्षा सुन्नुहुने छ र त्यसपछि आफ्नो दृष्टिकोष प्रस्तुत गर्नुहुने छ ।

अन्तरक्रिया उहाँले हरेक वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउन आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा युवा, विद्यार्थी, संघसंगठनका साथै उद्यमी, पर्यटन, कलाकार, खेलाडी विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको छ ।

Back to top button