तालमेलमा समस्या भएको ठाउँमा मित्रवत प्रतिष्पर्धा : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या भएको स्थानमा मित्रवत् प्रतिष्पर्धा हुने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा सञ्सचारकर्मीहरुसँगको कुराकानीमा उहाँले प्राथमिकता तालमेलमा नै रहेपनि कहीँ कतै समस्या भए त्यस्तो ठाउँमा मित्रतापूर्ण ढंगले प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।

निर्वाचन सर्ने–नसर्ने बिषयमा सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा कुनै कन्फ्युजन छैन ।’ सत्तारुढ गठबन्धनले हिजो मात्रै महानगर र उपमहानगरपालिकाको टुङ्गो लगाएको हो ।

Back to top button