काठमाडौं महानगर प्रमुखकालागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको प्रदेश समितिमा सिफारिस गरेको छ ।

महानगर समितिको बैठकले नीलकाजी शाक्य, श्रृजना सिंह, हरीप्रभा खड्गी श्रेष्ठ, ई. सुसन वैद्य र प्रगतिमान रञ्जीतको नाम सिफारिस गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उम्मेदवार मनोनयन गर्न महानगर कार्यसमितिको बैठक बसेको थियो ।

Back to top button