पेस्तोल देखाएर विवाहको गाडी तोडफोड गर्ने एक युवक पक्राउ

जनकपुरधाम । महोत्तरीमा पेस्तोल देखाएर विवाहको गाडीमा तोडफोड गर्ने एक युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नं. १३ बिजलपुरा डाँडाटोलका २८ वर्षीय लालबाबु भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो।

गएराति विवाहको गाडी तोडफोड गर्दै स्थानीयहरुलाई आतङ्कित बनाएको सूचना पाएपछि प्रहरी चौकी औरही तथा हातिलेटबाट खटेको टोलीले बिजलपुराबाट एउटा ९ एमएम अटोमेटिक चाइनिज पेस्तोल र त्यसको म्याग्जिन र पिस्तोलमा लोड भएको मिस फायर गोली १ राउण्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Back to top button