समयअनुरुप विचार परिमार्जन गर्न नसक्नेहरु जडसुत्रमा पतन हुन्छन्ः कमल थापा

काठमाडौं । राष्‍ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावनाअनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने टिप्पणी गर्नुभएको छ ।

देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले सम्वर्द्धनवादको बाटो रोजेको उहाँको भनाइ छ।

सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बचाउने उहाँको दाबी छ।

‘इतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जनसर्वोच्चताको बाटोमा हिँड्नु वर्तमान समयको माग हो। कुनै कालखण्डमा असल ठहरिएका विचार सर्वकालिक र शास्वत हुँदैनन्,’ उहाँले भन्नुभएको छ, ‘कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन्। हिजो बिपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन्।’

Back to top button