फेरि पनि मेयरमा उठ्नका लाई अमानसिंद्धारा पद राजीनामा

काठमाडौं । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिनुभएको छ । फेरि पनि मेयरको उम्मेदवार बन्नका लागि उहाँले उपमेयर जानुका पराजुलीसमक्ष राजीनामा पेश गर्नुभएको हो ।

उहाँ २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो। निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी नियम लगाएपछि मेयर तामाङले आज पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरिरहनुभएको छ । यो नगरपालिका माओवादीको पकड छ।

चौताराको मेयरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, जिल्ला संयोजक गोविन्द पराजुली, प्रमुख अमानसिं तामाङ, हालका उपप्रमुख जानुका पराजुली र युवा नेता श्यामसुन्दर श्रेष्ठले दाबी गरिरहनुभएको छ।

२०७४ को निर्वाचनमा पनि पार्टीबाट विद्रोह गर्ने चेतावनीपछि टिकट पाउनुभएका तामाङले अहिले दोहोरिने सम्भावना न्यून छ। माओवादीबाट चौताराको मेयरमा केन्द्रीय सदस्य समेत रहनुभएका सापकोटाको सम्भावना बलियो छ। तर, नेता तामाङले दोहोरिने मौका नपाए फेरि विद्रोह गर्ने चेतावनी दिएको सिन्धुपाल्चोक राजनीतिक वृत्तमा चर्चा छ।

Back to top button