धनुषा कांग्रेसका नेताहरूले सामू्हिक राजिनामा दिँदै, मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

जनकपुरधाम । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

नेपाली कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै जनकपुरका कांग्रेस नेताहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुरका कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताउनुभयो ।

असन्तुष्ट रहेका कांग्रेस नगर सभापति मनोज साहको नेतृत्वमा जनकपुरका कांग्रेसहरुले पार्टीबाट सामुहिक राजीनामा दिने र स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको हो।

उहाँहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन राख्ननुभएको छ । राजीनामापछि आजै नेता मनोज साहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

Back to top button