काठमाडौंको मेयरमा राप्रपाबाट कलाकार श्रेष्ठलाई सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उहाँले भन्नुभयो ।

Back to top button