भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५१ कोरोना सङ्क्रमित

भारतमा पछिल्ला २४ घण्टाको समयावधी अर्थात हिजो मधयरातिसम्म २ हजार ४ सय ५१ व्यक्ति थप कोरोना सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ५२ हजार ४ सय ५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार १ सय १६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २ सय ४१ जना रहेको सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय संक्रमित बढेको पाइएको छ ।

हिजो मध्यरातिसम्म एक हजार ५ सय ८९ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Back to top button