स्थानीय तह निर्वाचनको लागि एमालेको घोषणापत्र सार्वजनिक ( के छ घोषणापत्रमा ?)

काठमाडौं । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभयो । घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना स–विस्तार व्याख्या गरिएको छ ।

यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको कामलाई देखाएको छ । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आगामी निर्वाचनका लागि विशेषगरी १७ वटा प्रतिवद्धता अघि सारेको छ ।

जसमा गुणस्तरीय शिक्षासँगै निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा – उज्यालो पालिका रहेका छन् ।

यसैगरि उन्नत कृषि : किसानको समृद्धि, सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि, उद्यमशीलता र रोजगारी : समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा रहेका छन् ।

यसैगरि समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका :  अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण : योजनावद्ध विकासलाई आफ्नो घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रको पूर्ण पाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://drive.google.com/file/d/1xZD1eXONAo6iCPNnm32pBNir5ShgQbsj/view?usp=drive_web

Back to top button