धनगढीमा ९१ जना कांग्रेस नेताद्धारा पार्टीबाट राजिनामा

धनगढी । धनगढीमा नेपाली कांग्रेसका वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिनुभएको छ । कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँहरूले राजीनामा दिनुभएको हो ।

उपमहानगरपालिकाको वडा नम्बर १८ का सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यले आज नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा बुझाउनुभएको हो ।

पार्टीको क्रियाशिल सदस्यबाट राजिनामा दिनुभएका उहाँहरुले स्वतन्त्र उम्मेदवार उठाउने समेत जनाउनुभएको छ । सामूहिक राजीनामा दिनेमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायत नेता कार्यकर्ता रहनुभएको छ ।

धनगढी उपमहानगरपालिका–१८ मा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छनोट हुनुभएको छ ।

Back to top button