विराटनगर महानगरका ६३ जना जनप्रतिनिधिद्धारा राजिनामा

विराटनगर । विराटनगर महानगरपालिकाका ६३ जना जनप्रतिनिधिले राजीनामा दिनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजिनामा दिनुभएको हो ।

उम्मेदवार बन्नका लागि राजीनामा दिनेको संख्या बढ्दै जाँदा ५ वटा वडा जनप्रतिनिधि विहीन भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार विराटनगरको –४, ५, १७, १८ र १९ नम्बर वडा जनप्रतिनिधिबिहीन बनेका छन् ।आज सम्ममा ६३ जनाले राजीनामा दिएको जानकारी दिँदै उहाँले राजिनामा दिनेमा १३ जना वडा अध्यक्ष रहनुभएको छ ।

राजिनामा दिने वडाअध्यक्षहरुमा विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ६ का विजय कामत, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यवाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदारले रहनुभएको छ ।

Back to top button