काठमाडौंका युवा लागूऔषधसहित विराटनगरमा पक्राउ

विराटनगर । काठमाडौंका एक युवा विराटनगरमा लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– २ का ३६ वर्षीय राजु महर्जन लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट महर्जनलाई पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ पैदल आउदै गर्दा लागु औषध ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १० दशमलव ९८ ग्राम र नाईट्रोसन २० चक्की सहित पक्राउ गरेको हो ।

पक्राउ परेका महर्जनलाई जिल्ला अदालत मोरङबाट लागु औषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button