चट्याङ लागेर एकजनाको मृत्यु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा ११ का २५ वर्षीय प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रहरी निरिक्षक सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूसँग घरतर्फ फर्किदै गर्दा हावाहुरीसँगै परेको चट्याङ लागेर चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको प्रहरी निरिक्षक धमलाले जानकारी दिनुभयो ।

Back to top button