नेकपा एमालेको सचिवालय बैठक जारी, महानगर र उमहानगरको उम्मेदवार चयन हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिबेर अघि सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

महानगर र उपमहानगरका एमाले उम्मेदवार छनोट गर्ने बैठकका मुख्य एजेण्डा रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभएको छ ।

हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक÷एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी छ ।

Back to top button