माओवादी केन्द्रले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीको भागबण्डामा परेको भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ भने ललितपुर महानगरको उप मेयरमा बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।

यस्तै जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार चयन गरेको छ । धनगढी उपमहानगरको उप– मेयरमा शान्ति अधिकारीलाई चयन गरेको माओवादी केन्द्रले धरान उपमेयर भने टुङ्ग्याउन बाँकी रहेको छ ।

धरानमा उपमेयरका लागि अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धवबहादुर लिम्बु आकाङ्क्षी रहनुभएको छ । ति मध्ये मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने बताइएको छ ।

यस्तै माओवादीले कतै काँग्रेस र कतै एकीकृत समाजवादीसँग तालमेल गर्दैछ । भोली आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

Back to top button