राप्रपाले छान्यो चार महानगरका उम्मेदवार, बाँकीको पनि आजै टुङ्गिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै पोखराको मेयरमा शंकर खराल, उपमेयरमा रञ्जना सेन, वीरगञ्जको मेयरमा गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्नुहुने भएको छ । बाँकी रहेका विराटनगर र भरतपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार पनि आजै अबेर सम्म टुङ्गिने प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

Back to top button