दुई दिनको अनुकुल समयमा मनोनयन दर्ता गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई दुई दिनको समयभित्र मनोनयन दर्ताका लागि अपिल गरेको छ।

आयोगले उम्मेदवारहरूसँग आफ्नो अनुकूल समय मिलाई दुई दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।

स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय १ दिन मात्र हुँदा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप पर्ने भएकाले यसपटक दुई दिनको समय राखिएको आयोगले जनाएको छ ।

Back to top button