टुङ्गियो संखुवासभामा गठबन्धनको पालिका भागबण्डा

संखुवासभा । स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले संखुवासभाका पालिकाहरुको भागबण्डा टुङ्ग्याएका छन् ।

जिल्लाका ५ नगरपालिका र २ गाउँपालिकामा नेपाली कांग्रेसले ५ तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक स्थानीय तह बाँडफाँट गरेका छन् ।

कांग्रेसले धर्मदेवी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएको । माओवादी केन्द्रले मादी नगरपालिका र र समाजवादीले भोटेखोला गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिनेछन् ।

उपप्रमुखमा कांग्रेसले तीन, समाजवादी र माओवादीले दुई दुई सिट पाएका छन् ।

हेरौं सूचिसहित

Back to top button