एमालेले टुङ्ग्यायो मोरङका पालिकाका उम्मेदवार

विराटनगर । नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मोरङका १७ मध्ये १६ वटा पालिकामा उम्मेद्वार टुङ्गो लगाएको छ ।

बाँकी विराटनगर  महानगरपालिकाको प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्की उम्मेदवार बन्ने प्राय निश्चित रहेको पार्टी निकट स्रोतको दाबी छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

मोरङको मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेद्वार बन्नुभएको छ भने उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मीना पौडेल उम्मेदवार बन्नु भएको छ ।

रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा बिष्टलाई बनाईएको छ भने उपप्रमुखमा दयन्ता चुँडाललाई नै उम्मेदवार बनाईएको छ ।

सुनवर्षी नगरपालिकाको श्याम राजवंशी र मिरा दास क्रमश प्रमुख र उपप्रमुखको उम्मेदवार बन्नुभएको छ भने पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बन्नु भएको छ ।

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाईएको छ ।

यस्तै लेटाङको प्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट पाउनुभएको छ भने केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षको उम्मेदवार मनमाया मगर हुनुभएको छ ।

सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाँई र उपप्रमुखमा अकली चौधरी उम्मेद्वार बनाएको एमालेले ग्रामथानमा शिवनारायण माझी र गुणावती धामीलाई नै दोहोर्याएको छ ।

बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवंर बिष्ट उम्मेदवार बन्नु भएको छ भने कटहरीमा सुवास सरदार र सीता राजवंशी क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ ।

यस्तै जहदा गाउपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै महिला उम्मेदवार बन्नुभएको छ । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार बन्नुभएको हो ।

धनपालथानमा मुसहरु मण्डल र उपासीदेवी राजवंशीलाई उम्मेदवार बनाएको एमालेले रंगेलीको प्रमुखमा दिलिप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उम्मेद्वार बनाएको छ ।

यस्तै बेलबारी नगरपालिकाको प्रमुखमा डीपी राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक चयन हुन बाँकी रहेको छ भने उपप्रमुखमा गंगा श्रेष्ठ उम्मेदवार बन्नु भएको छ ।

Back to top button