सल्यानमा डोजर दुर्घटना हुँदा दुईको मृत्यु एक जना घाइते

सल्यान । सल्यानमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका वठा नं. ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर गएराति दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे–४ घर भएका ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चालक खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक विकको सल्यान अस्पताल जिल्ला सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा न.ं ६ बस्ने ३० वर्षका धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाइएको छ। दुर्घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Back to top button