जसपाले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैछ । ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि जसपाले प्रतिबद्धता सार्वजनिक गर्न लागेको हो ।

अल्फाबिटा होटेलमा दिउँसो २ बजे जसपाको प्रतिबद्धता सार्वजनिक कार्यक्रम राखिएको छ । जसपा सत्तारुढ पाँच दलीय गठबन्धनसँग मिलेर चुनावमा होमिएको छ । नेपाली कांग्रेसले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

यसअघि एमाले लगायतका दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Back to top button