केशव स्थापितद्धारा प्रदेशसभा सदस्यबाट राजिनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बन्न लागेका केशव स्थापितले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका स्थापितले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउनुभएको हो ।

आजैदेखि लागू हुने गरी स्थापितले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि भरतपुरको मेयर बन्न विजय सुवेदीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । अब वागमती प्रदेशसभामा एमालेका दुई सदस्य घटेका छन् ।

Back to top button