ताप्लेजुङमा मालपोत अधिकृत घुस रकमसहित आज अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ । अख्तियारले जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखलाई घुस रकमसहित आज पक्राउ गरेको छ ।

आक्ष्तबार मालपोत अधिकृत लेखा पनेरु महतलाइ अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित नियन्त्रणमा लिएको हो ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फुङ्लिङ–४ को कोप्चेलाइनको एक घरबाट सेवाग्राहीबाट लिएको उक्त रकम सहित उहाँलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाइ कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ ।

Back to top button